१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको पाँच वर्ष : पुननिर्माणको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेन



अ+ अ-

काठमाडौं । २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ ।
गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी देशभर ८ हजार ७ सय ९० मानिसको मृत्यु भएको थियो ।

यस्तै २० हजार भन्दा बढी नागरिकहरु घाइते भएका थिए । भूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ लिल्लामा सबैभन्दा धेरै क्षति भएको थियो ।

भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पबाट मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानी लगायतका पूर्वाधारमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो । भूकम्पबाट ८ लाख भन्दा बढी निजी घर, ७ हजार ५ सय ५३ विद्यालय, १ हजार १ सय ९७ स्वास्थ्य संस्था, ९ सय २० सम्पदा, ४ सय १५ सरकारी भवन, २ सय १६ वटा सुरक्षा निकायका संरचना, ७ सय ६२ किलोमिटर सडक र १ हजार भन्दा बढीको संख्याका खानेपानी आयोजनामा क्षति पुगेको थियो । खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिले सम्म ४ लाख ९४ हजार ४४ निजी आवास निर्माण भइसकेको र १ लाख ९० हजार १ सय ४५ पुननिर्माणको चरणमा रहेको गरी ८८ प्रतिशत प्रगति भएको जनाएको छ । तर अझैपनि करिब ७० हजार निजी आवासको प्रबलीकरणको काम भने बाँकी छ । यस्तै अहिले सम्म ७४ प्रतिशत विद्यालय अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भएको र १ हजार ४ सय ९२ विद्यालय पुननिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । १ हजार १ सय ९७ क्षतिग्रस्त स्वास्थ्यसँस्था मध्ये अहिलेसम्म ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भएको छ भने १ सय ४५ पुननिर्माणको चरणमा छन् । ३२ जिल्लामा क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय २ वटाको मात्र पुननिर्माण सम्पन्न भएको छ भने १ सय ४१ पुननिर्माणको चरणमा छन् ।

तर महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी, काष्ठमाण्डप, सिंहदरबार, नुवाकोट दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम भने अझै बाँकी छ । ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण भएको छ । ४९ वटा पुननिर्माणको चरणमा छन् । यस्तै १ सय ९४ सुरक्षा निकायका संरचनाको पुननिर्माण सम्पन्न भइसकेको र २२ वटा पुननिर्माणको चरणमा छन् । यस्तै ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भइसकेको छ । यस्तै खानेपानी तर्फ १ हजार खानेपानी योजनाको पुननिर्माण सम्पन्न भएको छ भने १ सय वटा पुननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।