६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रूपन्देहीको जनजीवन सामान्य बन्दै

रूपन्देहीको जनजीवन सामान्य बन्दै
अ+ अ-

लुम्बिनी। देशव्यापी आन्दोलनका कारण केही दिनदेखि प्रभावित रूपन्देहीको जनजीवन सामान्य हुँदै गएको छ ।

देशव्यापी आन्दोलन र सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड, आगजनीका कारण उत्पन्न भएको अस्थिर अवस्था सामान्य बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले लगाएको कर्फ्यू आदेश आज बिहानदेखि हटाएपछि जनजीवन क्रमशः सहज बन्दै गएको हो ।

प्रशासनले कफ्र्यू र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य सेवा क्रमश सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जिल्लामा उत्पन्न अवस्थालाई ध्यानमा राख्दै प्रशासनले केही दिन कडा सुरक्षा व्यवस्था गरेको थियो । तर अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक परेमा पुनः कडाइ गर्न सकिनेछ ।

प्रजिअ डा पाण्डेले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका घटनाको प्रशासनले अध्ययन गरिरहेको बताउनुभयो । जनजीवन सामान्य हुँदै जान थालेपछि सर्वसाधारण आआफ्ना गन्तव्यमा जान बसपार्क तथा मुख्य चोकमा सवारी कुरेर बसेका छन् । तर व्यवसायी विश्वस्त हुन नसक्दा लामो तथा छोटा दुरीका यातायात सवारी पूर्णरूपले सञ्चालनमा आउन सकेका छैनन् ।

राति १० बजेदेखि कर्फ्यू तथा निषेधाज्ञा 

जिल्लामा आज बिहान ६ बजेसम्म कायम रहेको कर्फ्यू तथा निषेधाज्ञा आदेश आज राति १० बजेदेखि शनिबार बिहान ६ बजेसम्मलाई तोकिएको छ । आज दिनभरिका लागि हटाइएको कर्फ्यू तथा निषेधाज्ञा आदेश पुनः राति १० बजेदेखि जारी गरिएको प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी गर्नुभएको सूचनामा जनाइएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कार प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क र उपदफा (३, क) बमोजिम कर्फ्यू आदेश र निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

कर्फ्यू अवधिभर आदेशको उलङ्घन गरी कसैले आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने र निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाइएको छ ।

पत्रकार महासङ्घको शान्ति र्‍याली

नेपाल पत्रकार महासङ्घ रूपन्देहीको अगुवाइमा आज बुटवलमा शान्ति र्‍याली निकालिएको छ । राष्ट्र, संविधान र लोकतन्त्र रक्षाको लागि भन्दै रूपन्देहीका विभिन्न सङ्घसंस्थाहरू सँगको समन्वयमा र्‍याली निकालिएको हो ।

आन्दोलनपछि मुलुकको व्यवस्था नै धरापमा पर्न थालेको भन्दै संविधान र लोकतन्त्रको रक्षाको लागि र्‍याली निकालिएको महासङ्घ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो । र्‍यालीमा पत्रकार, उच्च अदालत बुटवल बार एशोसिएशन, रूपन्देही उद्योग सङ्घ, रूपन्देही व्यापार सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, होटेल तथा रेस्टुरेण्ट व्यवसायी सङ्घ, औषधि व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । बुटवल राजमार्ग चौराहाबाट निकालिएको र्‍याली मिलन चोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभा पछि सम्पन्न भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल, उच्च अदालत बुटवल बार एशोसिएशनका अध्यक्ष गोविन्द मरासिनीले बोल्दै संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताको सवालमा कसैसँग सम्झौता गर्न नहुने बताउनुभयो । रासस