६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’
अ+ अ-

काठमाडौँ। सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन ।

जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन् । आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो । राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन र सवारीसाधनको भग्नावशेष देखेर आफूहरूको मन कुँडिएको कर्मचारीको दुःखेसो थियो ।

आगजनीबाट धेरै मन्त्रालयका सवारीसाधन नष्ट भएपछि माथिल्लो तहका कर्मचारीसमेत मोटरसाइकल र स्कुटरमा कार्यालय पुगेका थिए । शिक्षा मन्त्रालयको भुँइतलामा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएकाले भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा यकिन गर्न कठिन भएको प्रवक्ता नारायणप्रसाद भट्टले बताउनुभयो ।

मूल प्रशासनिक केन्द्रका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ । त्यसका लागि कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप, कागजातलगायत सामग्री सार्न व्यस्त देखिए ।

सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो । आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए ।

गृह मन्त्रालयका एक कर्मचारीले भन्नुभयो, “निर्देशनानुसार मन्त्रालयमा उपस्थिति भइयो, पेटीमा बसेर हाजिर गरियो, मन्त्रालय ध्वस्त भएको छ, के कति क्षति भयो, यकिन हुन सकेको छैन ।” आगजनीबाट भएको क्षतिको पहिचान गर्ने, विवरण सङ्कलन तथा तथ्याङ्क बुझ्ने काम भइरहेको छ ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीको प्रवेशलाई सहज तुल्याइएपछि भग्नावशेषको तस्बिर लिन पुगेका फोटो पत्रकारको सङ्ख्या उल्लेख्य देखियो । सिंहदरबारभित्रका मन्त्रालय र सडकको सरसफाइ क्रमशः सुरु गरिएको छ भने तोडफोड भएका सामग्रीको व्यवस्थापन आरम्भ भएको छ ।

सिंहरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनीबाट क्षतिग्रस्त भएको छ । देशको एकमात्रै फरक डिजाइनको उक्त भवनमा घटना भएको चौथो दिनसम्म पनि आगो निभेको छैन । स्वास्थ्य सचिव डा विकास देवकोटाले भवन जलेर नष्ट भएकाले आफूहरूले ‘भर्चुअल’ माध्यमबाट काम प्रारम्भ गरेको बताउनुभयो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति भएको छ ।रासस