२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि सीमानाका सिल



अ+ अ-

सिरहा । उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएका सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ ।

सो प्रदेशमा भारतीय सीमासँग जोडिएका आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ । सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो ।

भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले पर्साको अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ । अहिले त्यहाँ १२४ भारतीय नागरिक रहेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने–बस्ने व्यवस्था मिलाइएको अध्यक्ष प्रकाश खेतानले बताए । गत चैत १९ गतेदेखि सो केन्द्र र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा खाने–बस्ने व्यवस्था मिलाइएको छ ।