१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि सीमानाका सिल



अ+ अ-

सिरहा । उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएका सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ ।

सो प्रदेशमा भारतीय सीमासँग जोडिएका आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ । सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो ।

भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले पर्साको अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ । अहिले त्यहाँ १२४ भारतीय नागरिक रहेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने–बस्ने व्यवस्था मिलाइएको अध्यक्ष प्रकाश खेतानले बताए । गत चैत १९ गतेदेखि सो केन्द्र र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा खाने–बस्ने व्यवस्था मिलाइएको छ ।