८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए



अ+ अ-

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।” भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने क्रम जारी छ ।” कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन् । करिब ५० जना भने सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए ।