काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा निवासी ६२ बषिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।