६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

व्यवसायी भन्छन्ः जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो

व्यवसायी भन्छन्ः जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो
अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।

मुलकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेन–जी पुस्ताको माग जायज भएपनि आन्दोलनमा राजनीतिक दलहरुको घुसपैठले निजी व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् । आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरुको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । न्युरोडका कपडा व्यवसायीहरुले दशैंको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन भन्सारले नदिने भन्दै आफूहरु निकै पीडामा परेको बताउनु भयो । राज्य संरचना समेत ध्यवस्त भएको कारण सरकारलाई भन्ने अवस्था समेत नरहेको कारण आफूहरुमा अन्योलता बढेको एक व्यवसायीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जेन–जीहरुको भ्रष्टाचार नियन्त्रण गर्ने मागहरु जायज थियो । तर त्यसमा राजनीतिक दलहरुको घुसपैठ धेरै भए । त्यसकारण हामी व्यवसायीहरुलाई ठूलै धक्का परेको छ । अब यो सरकारले गर्छ कि कसले गर्छ हामीलाई बुझिदिनुपर्छ । दशै नजिक आइसकेको छ । यो समयमा हामी एकदमै पीडामा छौं । बाहिरबाट ल्याउन लागेको सामान पनि नाकामा बगाइदियो । अब अहिले सामान ल्याउनको लागि भन्सार बन्द छ । राज्यको संरचना पनि ध्वस्त छ ।’

जेन–जी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई दिशामा अगाडि लैजानुपर्ने उनीहरुको माग छ । संपिवधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ ।  उहाँले भन्नुभयो, ‘अहिले सर्वसाधारणले पनि दुःख पाएको अवस्था छ । संकटा क्लबका साथिहरुको कारण हाम्रो त्यति धेरै क्षति हुन पाएन । अहिले जेनजीहरुलाई मेरो सुझाव छ, निर्णय छिटो लिनुस् । देशलाई अगाडि बढाउनतिर लाग्नुस् । संविधानअनुसार अघि बढ्दा प्रत्यक्ष कार्यकारीको विषय कँही पनि उल्लेख गरिएको छैन । त्यो पनि विचार गर्नुहोस् । समयमै अन्तरिम सरकार बन्यो भने हामी व्यवसायी र मध्यम परिवारका मानिसहरुलाई राहत मिल्थ्यो कि भन्ने हो त्यत्ति हो ।’ 

भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलन करिव ४८ घण्टा चल्दा करिव ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबार लगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।