२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो ।

सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ । साथै सेनासम्बन्धी सूचना आदानप्रदानका लागि सूचना निर्देशनालयलगायत स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिनेसमेत जानकारी गराइएको छ ।

यसका लागि पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा) का लागि मोबाइल नं ९८५२०८१७०४, मध्यपूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) का लागि मोबाइल नं ९८५४०२०७७२, मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ, चितवन)का लागि मोबाइल नं ९८६३०२८८८४ र पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ, लम्जुङ, बाग्लुङ, म्याग्दी र मुस्ताङ) का लागि मोबाइल नं ९८५६०११४३९ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, मध्यपश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिम)का लागि मोबाइल नं ९८६३०२९१३७, उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला)का लागि मोबाइल नं ९८६३०२९१७७, सुदूरपश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ) का लागि मोबाइल नं ९७६२३०६५६१ र उपत्यका क्षेत्र (काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक)का लागि मोबाइल नं ९८६०११३६२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।