२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।

शनिबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशको पूर्वी, मध्य भू-भाग र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको साथै पूर्वी र मध्य भू-भागको केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति पश्चिमी पहाडी भू-भाग, मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मध्य र पूर्वी भू-भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।