१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा सैनिक गस्ती बढ्यो, राजसंस्था पुनःस्थापनाको हल्ला



अ+ अ-

काठमाडौं ।  नेपालको राजनीतिमा आज केही उथलपुथल हुन लागेको संकेत देखिएको छ । एक समाचार स्रोतका अनुसार प्रमुख राजनीतिक दलका नेताहरुलाई आज अपराह्नदेखि सेनाले एक प्रकारको नजरबन्दमा राखेको छ ।

उनीहरुलाई आजदेखि फोन सम्पर्क गर्न नदिइएको स्रोत बताउँछ । यता राजधानी काठमाडौँमा सेनाको संख्या र चहलपहल बढ्दै गएको देखिएको छ । बाहिरको कतिपय जिल्लाका सैनिकहरु पनि काठमाडौँ ल्याइएको छ भने आज साँझ सैनिक मुख्यालय भद्रकालीको चहलपहल पनि अर्कै देखिएको छ ।

यसबाट कुनै राजनीतिक नयाँ कदम आउन सक्ने या आजै रातिसम्म प्रधानमन्त्री नियुक्त हुनसक्ने अनुमान गरिएको छ ।