३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरमा कर्फ्यु खुकुलो पारिँदै



अ+ अ-

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई केही खुकुलो बनाएको छ । प्रशासनले यसअघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबारदेखि भने केही थप खुकुलो बनाएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबारदेखि वीरगञ्ज महानगर आसपासमा कर्फ्युलाई केही खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि बढाइएको जानकारी दिनुभयो ।

“भोलि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ, विषम परिस्थितिलाई ध्यान दिँदै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि पर्सीपल्ट बिहान ६ बजेसम्म भने कर्फ्यु जारी नै रहनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न पाइने छैन ।

पछिल्लो समय वीरगञ्ज आसपासमा प्रदर्शन तथा विरोधका गतिविधि नभएपनि प्रशासनले उच्च सतर्कता अपनाउँदै कफ्र्यू तथा निषेधाज्ञा भने जारी राखेको जनाएको छ ।