१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

लकडाउन लागू गरेको ३३ औ दिन जारि, संक्रमितको संख्या ४९ पुग्यो

लकडाउन लागू गरेको ३३ औ दिन जारि, संक्रमितको संख्या ४९ पुग्यो
अ अ+ अ-

काठमाडौं । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तरपनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् । शनिबार पनि अत्यावस्यक सेवाका सवारीसाधन चलेका छन् । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर लगायतका सबै क्षेत्र बन्द छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् । लकडाउनको पूर्ण पालना गराउन सुरक्षाकर्मीले गर्ने जाँचलाई कडाई गरेको छ । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् ।

सहरका भित्रि सडक पनि सुनसान छन् । पसलहरु बन्द रहेका छन् । तर केही अत्यावस्यक खाद्य सामग्री विक्री गर्ने पसल र औषधि पसलहरु सञ्चालनमा आएका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर सामग्री खरिद गर्ने गरेका छन् ।

सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ । १५ गते पछि लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १० जनालाई निको भइसकेको छ । अहिले सम्म ९ हजार ४ सय ८ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।