काठमाडौं । भारत सरकारले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । शुक्रबार भारतीय गृह मन्त्रालयद्वारा साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ ।
सरकारले पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न नपाइने बताउदै कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।
डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ । केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगारानीमा राखेको बीबीसीले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।