२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ पस्यो चरीबाघ



अ+ अ-

लमजुङ । विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला चरीबाघ गाउँ पसेको छ । राइनास नगरपालिका ४ सातबीसे गाउँमा शुक्रबार राति चरीबाघ गाउँ पसेको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेले बताउनुभयो ।

गाउँमा बाघ आएको खवर डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजीकैको जंगलमै छाडिदिएको उहाँको भनाइ छ । चरीबाघ सम्भवतः जिल्लामै पहिलो चोटि गाउँ पसेको पाइन्छ । तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा समेत चरीबाघ पाइने डिभिजन कार्यालय प्रमुख काफ्लेको भनाइ छ । उहाँले भन्नुभयो, “वनजंगलमा आगलागी हुनु र लकडाउनका कारण सब स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेको हो ।” यसले मान्छेलाई आक्रमण नगरे पनि सानासाना पाठा, कुखुरालगायत खाने बताइएको छ ।