३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी कारागारबाट भागेका कैदीलाई फर्किन स्थानीय प्रशासनको निर्देशन



अ+ अ-

नवलपरासी। स्थानीय प्रशासनले नवलपरासी कारागारबाट बुधबार भागेका कैदीबन्दीलाई अविलम्ब फर्किन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उनीहरूलाई कारागार फर्कन निर्देशन दिएको हो । हिजो ५४३ कैदी भागेका जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले केही कैदी फर्कनेक्रम जारी रहेको बताउनुभयो ।

यो समाचार तयार पार्दासम्म पाँच जना कैदी सम्पर्कमा आएका छन् । रासस