२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ २ गतेसम्म उडानहरु बन्द हुने



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले सो निर्णय गरेको हो ।

समितीले यसअघि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु अप्रिल ३० सम्म उडानहरु बन्दा गर्ने निर्णयलाई थप १५ दिन बन्द बढाउदै मे १५ तारिख अर्थात जेठ २ सम्म बन्द गर्ने निर्णय गरेको हो । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरेपनि लक डाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।

लक डाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए । लक डाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव विडारीले बताए ।