१५ भाद्र २०८३, सोमबार
,
Latest
शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायी भन्छन्ः जेनजीको माग व्यवस्था परिवर्तन होइन, आवश्यक परे सडकमा जान तयार छौँ



अ+ अ-

काठमाडौँ । कानून व्यवसायीहरुले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरुको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन् ।

नेपाल बार एशोसिएशनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानून व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए । संवैधानिक संकटको अवस्थामा निकास दिन कानून व्यवसायीहरुले पहल गर्नुपर्ने बताए ।

सहमतिको बिन्दु पहिल्याएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको जिकिर गरे । संसदका सदस्यहरुबाट नै जेन जी पुस्ताले रुचाएको व्यक्ति छन् भने त्यो व्यक्तिलाई अघि सारेर जानुपर्ने कानून व्यवसायी अशोक पोखरेलले बताउनु भयो । उहाँले बारले संविधान मिचिने काम भए खबरदारी गर्नुपर्ने बताउनु भयो । पूर्वकानूनमन्त्री एवं कानून व्यवसायी गोविन्द बन्दीले परिस्थितिको विश्लेषण गरेर मात्रै अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले जेन जी मुभमेण्ट किन आयो र यसको रुट कजहरु केके हो भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताउनु भयो । केही मानिसहरुको कुरा सुन्न नै जेन जी पुस्ता तयार नरहेको देखिएको बताउनु भयो । संविधान सुधार गर्ने, संशोधन गर्ने र अहिलेको संविधानबाट नै समाधान खोज्नेतर्फ जानुपर्ने सुझाव दिनुभयो । नेपाल बारले आफ्नो समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । प्रतिनिधि सभाको सदस्यलाई मात्रै प्रधानमन्त्री बनाइनुपर्ने, मन्त्रीहरु बाहिरको भएपनि हुने माग आफ्नो रहेको बताउनु भयो । प्रतिनिधि सभाको सदस्यको संयोजकत्वमा सरकार गठन गर्नुपर्ने बताउनु भयो । चुनावी सरकार अविलम्व गठन गर्न पनि माग गर्नुभयो । कानून व्यवसायी सुरेन्द्रकुमार महतोले बारको आधारभुत स्ट्याण्ड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली नै रहनुपर्ने बताउनु भयो । उहाँले अहिलेको अवस्था विकराल र असामान्य रहेको बताउनु भयो ।

अहिलेको संविधानअनुसार सरकार बनाउने भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताउनु भयो । संविधान अक्षुण्ड रहनुपर्ने बताउनु भयो । कानून व्यवसायी लिलामणि श्रेष्ठले संविधानभित्रैबाट विकल्प खोजिनुपर्ने बताउनु भयो । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले संविधानभित्रैबाट विकल्प खोज्नुपर्ने बताउनु भयो । जेन जी पुस्ता नै अन्योलतामा रहेकाले विकल्प र सुझावहरु दिनुपर्ने बताउनु भयो । कानून व्यवसायी बाुराजा जोशीले जेन जीको आन्दोलन संविधान विरोधी आन्दोलन नभएको बताउनु भयो ।

संविधानको धारा ७६(३) बाट बन्न नसक्ने भए संसदभित्रैबाट मन्त्रीमण्डल गठन हुनुपर्ने बताउनु भयो । तीन वटा बेन्च भएपनि शुरु गरेर न्यायपालिकाले आफ्नो काम शुरु गर्नुपर्ने बताउनु भयो । कानून व्यवसायी ताराकुमार श्रेष्ठले न्यायको प्रक्रिया अघि बढेको प्रत्याभुति दिन जरुरी रहेको बताउनु भयो । जेन जीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको कुरा नेपाल बारले बिर्सिन नहुने बताउनु भयो । जेन जीको भावना सम्बोधन हुनेगरी विज्ञप्ती जारी गर्न जरुरी रहेको बताउनु भयो । कानून व्यवसायी पुरुषोत्तम अधिकारीले आवश्यक परे कानून व्यवसायीहरु सडकमा आउन तयार रहेको सन्देश दिनुपर्ने बताउनु भयो । कानून व्यवसायी कपिलचन्द्र पोखरेलले नेपाल बारको भुमिका प्रभावकारी देखिनुपर्ने बताउनु भयो ।