१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

कोरोना कहर : सुनसान रमजान

कोरोना कहर : सुनसान रमजान
अ अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ ।

रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ । हिजरी संवत् १४४१ को हो भने रमजान नवौं महिना हो । यो पर्वमा विहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई वर्त बस्ने प्रचलन रहेको छ । यस्तै रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास सहित अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ । रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो ।

रमदानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दै छन् । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिदै छ । जसका कारण रमजानमा सँधै भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन् ।

शनिबार काठमाडौंको घण्टाघर स्थित नेपाली जामे मस्जिद पनि सुनसान देखिन्थ्यो । मस्जिद भित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोना भाइरसका लागि अपनाइएको समाजिक दुरी कायम गर्दै नमाज आदा गरेका थिए । नपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोन भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिइएर सबैलाई घरमै बसेर नमाज आदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले लकडाउनको बेला अत्यावस्यक सामग्रीको अभाव भएकाहरुलाई राहत वितरण गरिएको समेत बताउनुभयो । जसबाट गर्दा रमजानमा नमाज आदा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रमजानमा बिरामी, गर्भवती महिला र अशक्तहरुलाई रोजा बस्न छुट रहेको छ भने रोजा बस्नेहरुले निश्चित नियम भने पुरा गरेको हुनुपर्ने छ । रमजानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।