२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुनेः पूर्वसचिव त्रिताल



अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले संक्रमणकालमा प्रशासनयन्त्र कसरी काम गर्नुपर्छ भन्ने सुझाव दिनु भएको छ ।

सामाजिक सञ्जालमा एक सुझाब राख्दै उहाँले विषम परिस्थितिमा प्रशासकहरुको खुबी परीक्षण हुने भन्दै परिवेशमा नेपाली सेना लगायतका सुरक्षा निकायहरुसँग उचित समन्वय गरी आवश्यक व्यवस्था गर्न प्रशासकहरु सफल हुने जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ–

संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ !

देश अहिले विषम परिस्थितिमा छ । सर्बसाधारण नागरिक लगायत सबै क्षेत्रमा असुरक्षा र अन्योलको अवस्था छ ।

विभिन्न अपराधिक तत्वहरुले यस विषम परिस्थितिमा नाजायज फाइदा लिन अनेक अराजक हर्कत अपनाउँछन् भन्ने देखिएकै छ ।

राजनीतिक रुपमा सरकार नभएको अवस्था छ । सरकार कस्तो र कसरी गठन हुन्छ भन्ने नै अन्योल छ । सरकार गठन भए पनि गैरदलीय सरकार गठन हुने सम्भावना रहेको हुँदा नीतिगत र कार्यान्वयन तहमा अनावश्यक दलीय दवाव र प्रभाव कम होला ।

अहिले मन्त्री र तिनका आसेपासेहरुको दवाव हुँदैन ।

अहिले कम्तिमा शान्ति सुरक्षा कायम गर्ने र निर्धारित अन्य कार्यहरु गरी नागरिकमा सुरक्षा र विश्वासको वातावरण निर्माण गर्नु अत्यावश्यक छ ।

यस्तो समयमा निष्पक्ष रुपमा शान्ति सुव्यवस्था, सेवा प्रवाह र स्वीकृत योजना तथा कार्यक्रमको निर्वाध कार्यान्वयन गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको सामान्य मर्मत संभार गर्दा हुन्छ वा वैकल्पिक न्यूनतम व्यवस्था गरेर हुन्छ ती संयन्त्रबाट हुने सेवालाई नियमित गर्नु आवश्यक छ ।

प्रशासनयन्त्र, खासगरी योग्य र इमान्दार प्रशासकहरुको लागि अहिलेको अवस्था चुनौती र अवसर दुबै हो । यस्तै विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुने ।

यस परिवेशमा नेपाली सेना लगायतका सुरक्षा निकायहरुसँग उचित समन्वय गरी आवश्यक व्यवस्था गर्न प्रशासकहरु सफल हुनुहुनेछ भन्ने कुरामा म चैं विश्वस्त छु ।