२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन एक हप्ता थप्न सिफारिश



अ+ अ-

काठमाडौं । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले हाल जारी रहेको लकडाउनको अवधिलाई एक साता लम्ब्याउन सिफारिश गरेको छ । यस सिफारिशमाथि भोलि आइतबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । यद्यपि यो कार्यदलले सिफारिश गरेपछि मन्त्रिपरिषदले भने सोही बमोजिम निर्णय गर्ने प्रबल सम्भावना छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । तर यो विकल्पलाई एक सातापछि गरिने र हालका लागि एक हप्ता अहिलेकै अवस्थामा लकडाउनमा राखिने भएको हो ।

त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।

त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् । हाल जारी लकडाउन सोमबारसम्म छ । अब थपिने लकडान यही १६ गतेबाट लागू हुनेछ ।