काठमाडौँ । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सन्राइज बैंकले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ ।सनराइज सम्पुूर्ण बचत खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन् ।
उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड (International Visa Travel Card) जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् । यस बचत खातामा ग्राहकहरुले रु ८०,००० सम्मको अस्पताल भर्ना खर्च र रु २०,००० सम्मको इएम् खर्च बिमाका साथै रु ५ लाख सम्मको दुर्घटनाको बिमा सुबिधा रहेको छ ।
बैंकका अनुसार अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ ।