१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने निर्णय

परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने निर्णय
अ अ+ अ-

काठमाडौं । परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने जनायको छ । दलको वैशाख १२ का दिन काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

महामारीको कारण सृजित लामो लाकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनु भयो । उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरु संगको समन्वयनमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्न्वयन समितिलाई निर्देश गरेको छ । बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पिडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

परिवार दलले केही समय अघि सयुक्त राज्य अमेरिका र बिद्रोही तालिवान बीच भएको स(सर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिब महामहिम एन्टोनियो गुटेरेसले कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नको लागी मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गर्नु भएको प्रस्तावलाइ स्वागत गरेको छ ।

त्यसैगरी बैठकले केहि समय अघि तत्कालिन नेपाल संघिय समाजबादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी (तारकेश्वर नगरपालिका- २, काठमाडौँ) र श्रीमति बुद्धिमाया पुन ९रुपन्देही उप(महानगरपालिका – १५, बुटवललाइ केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको छ ।

बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न ूसूचना प्रबिधि विभागू गठन गर्ने निर्णय पनि गरेको छ ।

राजनैतिक दलले आफ्नो औचित्यको पुष्टी चुनौती र संकटको घडीमानै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुलाई कोरोनाभाइरस बिरुद्धको लडाईमा आग्रपन्तिमा उत्रिन अनुरोध गरेको छ ।परिवार दलले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका खातिर चलेका सबै कदमहरुलाई सहयोग गर्न विनम्र अपील पनि गरेको छ । अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिदै कोभिड १९ को रोकथाममा सरकारले गरेको प्रयासको बैठाले प्रशंसा गरेको छ ।

बैठकले एक्काइसौं शताब्दीको आधुनिक राज्य उदारवादी, लोकतान्त्रिक र कल्याणकारी चरित्रको हुनु पर्छ भन्दै राज्यले स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने धारणा सार्बजनिक गरेको छ  । बैठकले संकीर्ण राष्ट्रवाद, पृथकतावाद वा स्वार्थीपन बाट माथि उठी नयाँ भूमण्डलीकरण, सहकार्य, मानवीयता र परोपकारिताका साथ साझा लक्ष्य फेला पार्न तयारीमा लाग्नुपर्ने बेला आइसकेको जिकिर गरेको छ । नयाँ राजनीतिक, आर्थिक तथा सामाजिक प्रणाली सहितको ूनयाँ विश्व व्यवस्थाू को स्थापना अपरिहार्य भयकोले सरकारले यिनै तथ्यहरुलाई विश्लेषण गरी आफ्नो आगामी यात्रा तय गर्न पनि बैठकले सुझाब दियको छ ।