१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भयावह बन्दै कोरोना- मृत्यु हुनेको संख्या २ लाख नाघ्यो



अ+ अ-

काठमाडौ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुने नागरिकको संख्या २ लाख नाघेको छ । यसबाट २८ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार रातिसम्म यसबाट विश्वका विभिन्न देशमा मृत्यु हुने व्यक्तिको संख्या २ लाख ५६९ रहेको छ । त्यसैगरी संक्रमितहरुको संख्या २८ लाख ७१ हजार पुगेको छ । यस संक्रमणबाट उपाचारपछि निको भएर घर फर्किनेको संख्या पनि ८ लाख २३ हजार जना रहेका छन् ।

यस प्रकोपबाट संयुक्तराज्य अमेरिकामा मात्र ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या शनिबार रातिसम्म ५२ हजार ८७० जना पुगेको छ । त्यहाँ विगत २४ घण्टाको अवधिमा २ हजारभन्दा बढी मानिस मरेका छन् ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।