२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भयावह बन्दै कोरोना- मृत्यु हुनेको संख्या २ लाख नाघ्यो



अ+ अ-

काठमाडौ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुने नागरिकको संख्या २ लाख नाघेको छ । यसबाट २८ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार रातिसम्म यसबाट विश्वका विभिन्न देशमा मृत्यु हुने व्यक्तिको संख्या २ लाख ५६९ रहेको छ । त्यसैगरी संक्रमितहरुको संख्या २८ लाख ७१ हजार पुगेको छ । यस संक्रमणबाट उपाचारपछि निको भएर घर फर्किनेको संख्या पनि ८ लाख २३ हजार जना रहेका छन् ।

यस प्रकोपबाट संयुक्तराज्य अमेरिकामा मात्र ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या शनिबार रातिसम्म ५२ हजार ८७० जना पुगेको छ । त्यहाँ विगत २४ घण्टाको अवधिमा २ हजारभन्दा बढी मानिस मरेका छन् ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।