६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शिर्ष नेता छलफलमा : दोस्रो तहका नेता बाझाबाझ

शिर्ष नेता छलफलमा : दोस्रो तहका नेता बाझाबाझ
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भईरहेको छ । नेकपाभित्रैकै विभिन्न गुटका नेताहरु एकले अर्कालाई विपक्षी दलको भन्दा चर्का आरोपप्रत्यारोप गरिरहेका छन् । विवाद यो विन्दुसम्म पुगेको छ कि कतिपयले घोषित रुपमै सरकारको बैधानिकता गुम्यो भनेर टिप्पणी गरिसकेका छन् । पछिल्लो पटक भने अध्यादेश र एक सांसदको ‘अपहरण’ भनिएको सन्र्दभमा गुटका नेता तथा कार्यकर्ता भिडेका हुन् । नेकपाभित्रको विवाद यो पहिलो पटक भने होइन् । एकता घोषणा भएको दुई वर्ष पुग्न लागेका बेला नेकपाभित्र विवादको श्रृखला भने लामो छ । नेकपामा महत्वपूर्ण प्रभाव राख्ने तीन गुट छन् भने अन्य सहायक गुट निक्कै छन् ।

प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल मुख्य तीन गुट हुन् । पार्टी एकता हुँदाको बखत ओली–प्रचण्डबीचको सम्बन्ध निक्कै सुमधुर थियो । त्यस बेला नेपाल आफ्नो छुट्टै गुटमा ओली–प्रचण्डविरुद्ध लडिरहेका थिए । पार्टी एकताको मुख्य जस दुई शिर्ष नेताले लिएपछि उनि आफ्नो जिम्मेवारीलाई घटाउन खोजिएको भन्दै असन्तुष्ट थिए । विगतमा एमालेमा हुँदा देखी रहेको ओली र नेपालको टकरावको असर नेकपाको शुरुमै देखियो । माओवादीबाट आउँदा भने प्रचण्ड एक्लो गुट जस्तो थिए, किनकी उनिसँग तत्कालिन माओवादीमा हुँदा विमति राख्नेहरु डा।बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दहरु पहिला नै पार्टी छाडेर हिडिसकेका थिए ।

अन्य केही सानातिना गुट भएपनि उनिहरु पार्टीभित्र बहुमत राख्न सक्ने हैसियतका थिएनन् ।नेकपाको गठन भएपछि ओली र नेपाल विस्तारै प्रचण्डलाई आफ्नो पकडमा ल्याउदै एक अर्काविरुद्ध प्रयोग गर्न थाले । जसले गर्दा नेपालको नेकपामा तेस्रो वरियता खोसियो । वरियता खोसिएपछि नेपालले पनि ओलीविरुद्ध प्रचण्ड गुट प्रयोग गर्न थाले । जसको फाइदा प्रचण्ड स्वयमले पनि लिए । नेकपाकै कतिपय नेताले प्रचण्डले पूर्व एमालेभित्र खेल्न खोजेको गम्भिर आरोप समेत लाग्यो । सचिवालय र पार्टी एकता गर्दा जिल्ला र प्रदेशमा दिएको जिम्मेवारीबाट नेपाल असन्तुष्ट बने । उनले आफ्ना मान्छेलाई पाखा लगाइएको भन्दै कतिपय बैठकमा असन्तुष्टि पनि पोखे । जसले गर्दा ओली–नेपालको सम्बन्ध लामो समय नेकपामा पनि चिस्सियो ।

तर, ओलीले नै सो सम्बन्ध सुधारको लागि प्रयास गरे । उनले नेपाललाई बालुवाटार बोलाएर निरन्तर छलफल गरे । कतिसम्म भने कतिपय त दिनमै करिव ५ घण्टासम्म वार्ता गरे । त्यसपछि नेकपाको राजनीतिमा फेरी ओली–प्रचण्ड गुटको टकराव चल्यो । यो विषय बाहिर आउने गरी भने एमसीसी प्रकरणबाट देखियो । एमसीसी प्रकरणबाट शुरु भएको टकराव, सभामुख चयन, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने विषय, राष्ट्र बैंकको गर्भनर नियुक्त, कोरोनाविरुद्ध उच्चस्तरीय राजनीतिक संयन्त्र हुँदै पछिल्लो पटक अध्यादेश प्रकरणमा आईपुगेको छ । यी प्रकरणमा महत्वपूर्ण गुटका रुपमा उभिएका नेपालले मध्यस्थताको भूमिकामा देखा परे । उनलाई विगत लामो समयदेखी दुवैपक्ष ढल्ने तर, आफ्नो अडान नलिने नेता भनेर आरोप समेत लाग्दै आएको छ । जुन उनले यहा पनि देखाएको कतिपय नेताको बुझाई छ ।

यसबीचमा ओलीलाई पाच वर्ष सरकारको जिम्मेवारी दिएर पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहेका प्रचण्ड प्रधानमन्त्री ओलीको गतिविधिबाट असन्तुष्ट रहेका छन् । यद्यपी उनले यो विषय सार्वजनिक रुपमा खुलस्त नभनेपनि उनले दुई पटक आफ्नै पहलमा गौतम निवास भैसेपाटीमा सचिवालयका सदस्यसँग सामुहिक छलफल गरिसकेका छन् । जुन ओली पक्षलाई तर्साउन गरेपनि त्यसको लाभ लिन भने सफल भएका छन् । अध्यादेश काण्डपछि भने विगतमा खुल्न नसकेका नेकपाका ओलीइत्तरका नेताहरु प्रधानमन्त्रीको राजिनामा माग गर्न थालेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटि बैठक बोलाउनुपर्ने र प्रधानमन्त्रीको विषय सोही बैठकले निर्णय गर्ने बताए । उनले घुमाउरो भाषामा ओलीको राजिनामा माग गर्दै व्यक्तिको लहडमा पार्टीमा लाग्न नसक्ने भन्दै स्थायी कमिटिले जुनसुकै निर्णय गर्न सक्ने बताए । ‘अब स्थायी कमिटी बैठक बस्छ । तुरून्तै बैठक बोलाउनुपर्छ,’ खनालले भने, ‘त्यही बैठकले सबै कुरा निर्णय गर्छ । अब पार्टीले के कदम चाल्छ भन्ने कुरा त्यहीबाट टुंगो लगाउनुपर्छ ।’

यसविषयमा ओली पक्षका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । दोस्रो तहका नेताहरुले भने अध्यादेशको खुलेर बचाउ गरेका थिए । उनिहरुले नैतिकताको प्रश्न उठाउनेहरुले आफ्नो विगतलाई पनि हेर्नुपर्ने अभिव्यक्ति दिएका छन् । तर, प्रधानमन्त्री ओली भने तत्काल स्थायी कमिटी बैठक बोलाउने पक्षमा देखिएका छैनन । यद्यपी उनले सचिवालय सदस्यहरुसग भने निरन्तर छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले शनिवार अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छुट्टा छुट्टै छलफल गरेका छन् । उनले छलफलमा पछिल्लो राजनीतिक अवस्था र अब चाल्ने कदमका विषयमा कुराकानी गरेका हुन् । प्रदेश–५ का मुख्यमन्त्री एंव स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको बताएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले प्रचण्ड–नेपाल समुहले चाल्ने कदमलाई पर्ख र हेरको अवस्थामा रहेको बताएको छ । उनिहरुले चाल्ने कदम अनुसार आफ्नो रणनीति बनाउने ओली पक्षको तयारी रहेको छ । शिर्ष नेताहरुले एकले अर्काका विरुद्ध सार्वजनिक रुपमा नबोलेपनि भित्रि रुपमा पकड बलियो बनाउने रणनीतिमा लागेका छन् । जसको असर, नेता कार्यकर्ता भने सामाजिक सञ्जालमा पोखिएका छन् । विपक्षी नेपाली कांग्रेसले समेत राजिनामा माग नगरिरहेका बेला नेकपाकै नेता कार्यकर्ता एक कदम अगाडी बढेर राजिनामाको माग उठाइरहेका छन् । त्यस्तै ओली पक्षका नेता कार्यकर्ता त्यसको विरोध गर्दै प्रतिवादमा उत्रिएका छन् । सौर्य दैनिक