२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्वास–प्रश्वासका बिरामीलाई कोरोनाको कति जोखिम ?



अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतया मधुमेह, मुटुरोग, फोक्सोमा समस्या भएका व्यक्तिसँगै अन्य विभिन्न दीर्घरोगी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बढी प्रभावित भएका छन् । संक्रमणबाट मृत्यु हुनेमध्येमा दम तथा श्वास–प्रश्वासका बिरामीको संख्या तुलनात्मक रूपमा बढी छ ।

कारण:सिओपिडी अर्थात् श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बिरामी कोरोना संक्रमणबाट छिटो प्रभावित हुन्छन् । दम, ब्रोन्काइटिस र अन्य सिओपिडी समस्या भएका व्यक्तिमा रोगका कारण फोक्सो पहिलेदेखि नै कमजोर हुने गर्छ । यस्ता बिरामीमा संक्रमण भएमा श्वासनली र फोक्सोसँग भाइरसविरुद्ध लड्ने क्षमता कमजोर हुन्छ । फलस्वरूप फोक्सोले काम गर्न छोड्छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार, दमका रोगीमा फोक्सो सुन्निने तथा शरीरमा पर्याप्त मात्रामा अक्सिजन पठाउन असमर्थ हुने हुन्छ । यस्तो अवस्थामा कोभिड–१९ को संक्रमण भएमा एकदमै छोटो समयमा फोक्सोले काम गर्न नसक्ने हुन्छ । दम मात्र नभई अन्य रोग जस्तै, क्रोनिक पल्मोनरी वा क्रोनिक ब्रोन्काइटिसका बिरामीमा सिभियर अर्थात् निमोनिया हुने सम्भावना हुन्छ । श्वास–प्रश्वासका बिरामीमा प्रतिरोधी क्षमता कम हुने भएकाले सचेत रहन आवश्यक हुन्छ ।

रोकथामका उपाय:श्वास–प्रश्वास सहज बनाउन तथा दमका लक्षण रोक्न ओरल स्टेरोइड्सलगायत औषधि प्रयोग गरिन्छ । तर, यस्ता औषधि प्रतिरोधी क्षमता बढाउन उपयोगी हुँदैनन् । यस्तोमा भाइरसको संक्रमण हुँदा जोखिमपूर्ण हुने भएकाले नियमित औषधिको सेवन गर्न आवश्यक हुन्छ । श्वास–प्रश्वासका बिरामीले चिकित्सकको परामर्श लिएर घरमै बसेर औषधि प्रयोग गर्न सकिन्छ । अन्य व्यक्तिको तुलनामा संक्रमणको जोखिम उच्च हुने भएको सामाजिक दूरी कायम राख्न अत्यावश्यक छ ।

नियमित सरसफाइमा ध्यान दिने, सकेसम्म छुट्टै कोठामा बस्ने र छुट्टै सामान प्रयोग गर्न सकिन्छ । फ्लुका लक्षण देखिएमा वा स्वास्थ्य अवस्था जटिल हुँदै गएमा चिकित्सकको सम्पर्कमा बस्नुपर्छ । त्यस्तै, सिओपिडीका बिरामीमा औषधिको प्रयोग गर्दागर्दै पनि लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । नयाँ पत्रिका दैनिक