१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

श्वास–प्रश्वासका बिरामीलाई कोरोनाको कति जोखिम ?

श्वास–प्रश्वासका बिरामीलाई  कोरोनाको  कति जोखिम ?
अ अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतया मधुमेह, मुटुरोग, फोक्सोमा समस्या भएका व्यक्तिसँगै अन्य विभिन्न दीर्घरोगी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बढी प्रभावित भएका छन् । संक्रमणबाट मृत्यु हुनेमध्येमा दम तथा श्वास–प्रश्वासका बिरामीको संख्या तुलनात्मक रूपमा बढी छ ।

कारण:सिओपिडी अर्थात् श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बिरामी कोरोना संक्रमणबाट छिटो प्रभावित हुन्छन् । दम, ब्रोन्काइटिस र अन्य सिओपिडी समस्या भएका व्यक्तिमा रोगका कारण फोक्सो पहिलेदेखि नै कमजोर हुने गर्छ । यस्ता बिरामीमा संक्रमण भएमा श्वासनली र फोक्सोसँग भाइरसविरुद्ध लड्ने क्षमता कमजोर हुन्छ । फलस्वरूप फोक्सोले काम गर्न छोड्छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार, दमका रोगीमा फोक्सो सुन्निने तथा शरीरमा पर्याप्त मात्रामा अक्सिजन पठाउन असमर्थ हुने हुन्छ । यस्तो अवस्थामा कोभिड–१९ को संक्रमण भएमा एकदमै छोटो समयमा फोक्सोले काम गर्न नसक्ने हुन्छ । दम मात्र नभई अन्य रोग जस्तै, क्रोनिक पल्मोनरी वा क्रोनिक ब्रोन्काइटिसका बिरामीमा सिभियर अर्थात् निमोनिया हुने सम्भावना हुन्छ । श्वास–प्रश्वासका बिरामीमा प्रतिरोधी क्षमता कम हुने भएकाले सचेत रहन आवश्यक हुन्छ ।

रोकथामका उपाय:श्वास–प्रश्वास सहज बनाउन तथा दमका लक्षण रोक्न ओरल स्टेरोइड्सलगायत औषधि प्रयोग गरिन्छ । तर, यस्ता औषधि प्रतिरोधी क्षमता बढाउन उपयोगी हुँदैनन् । यस्तोमा भाइरसको संक्रमण हुँदा जोखिमपूर्ण हुने भएकाले नियमित औषधिको सेवन गर्न आवश्यक हुन्छ । श्वास–प्रश्वासका बिरामीले चिकित्सकको परामर्श लिएर घरमै बसेर औषधि प्रयोग गर्न सकिन्छ । अन्य व्यक्तिको तुलनामा संक्रमणको जोखिम उच्च हुने भएको सामाजिक दूरी कायम राख्न अत्यावश्यक छ ।

नियमित सरसफाइमा ध्यान दिने, सकेसम्म छुट्टै कोठामा बस्ने र छुट्टै सामान प्रयोग गर्न सकिन्छ । फ्लुका लक्षण देखिएमा वा स्वास्थ्य अवस्था जटिल हुँदै गएमा चिकित्सकको सम्पर्कमा बस्नुपर्छ । त्यस्तै, सिओपिडीका बिरामीमा औषधिको प्रयोग गर्दागर्दै पनि लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । नयाँ पत्रिका दैनिक