३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमानाका आवातजावतमा कडाइ



अ+ अ-

सुदूरपश्चिम। नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा आवातजावतमा कडाइ गरिएको छ ।

प्रदेशका मुख्य गौरीफन्टा र गड्डाचौकी सीमानाकामा आवतजावतमा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले कडाइ गरेको हो।

भारतको आधारकार्ड भएका नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको त्रिनगर प्रहरी चौकीले जानकारी दिएको छ । भारतबाट नेपाल भित्रिने नेपालीलाई भने आवतजावतमा रोक लगाइएको छैन ।

कञ्चनपुरको गड्डाचौकी नाकामा पनि आवतजावतमा कडाइ गरिएको स्थानीय पुष्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल फर्किनेलाई दिएको छ, भारत जान चाहनेलाई जान दिइएको छैन ।” उपचारमा जाने बिरामीलाई भने भारततर्फ जान दिइएको छ ।

मङ्गलबारको प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएर भारत जान लागेका कैदीलाई आज बिहान सीमानाकामै रोकेको जनाइएको छ । रासस