१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल

निको हुँदै कोरोना संक्रमितः आज चार जना डिस्चार्ज हुँदै

निको हुँदै कोरोना संक्रमितः आज चार जना डिस्चार्ज हुँदै
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन् । पर्साको नारायणी अस्पतालमा उपचाररत पाँच जनामध्ये चार जनालाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।चितवनस्थित राजधानी सहकर्मी राधेश्याम खतिवडाका अनुसार दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि ती युवकलाई डिस्चार्ज गरिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीला पौडेलका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा आमाछोरामध्ये छोरोको नतिजामा नेगेटिभ देखिएको हो । उनलाई शनिबार दिउँसो औपचारिक रूपमा डिस्चार्ज गरिएको छ ।

राप्ती नगरपालिका–८ निवासी ६५ वर्षीया आमा र २७ वर्षीय छोरामा कोरोना भाइरस देखिएको थियो । उनीहरूलाई ५ वैशाखमा भरतपुर अस्पताल ल्याइएको थियो । उनीसँगै रहेकी आमाको दोस्रो पीसीआर परीक्षणमा भने पोजेटिभ नै देखिएको छ । अस्पतालबाट डिस्चार्ज भएका युवा अस्पतालकै आइसोलेसनमा अलग्गै बसेका छन् । आमा अस्पतालमौ रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बसेका छन् । हाल अस्पतालमा रहेका आमाछोरामा कोरोनाको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिनेछ ।

सुरुमा आमामा (यापिड डायग्नोस्टिक टेस्टमा शंकास्पद देखिएपछि आमा र दुई छोराको पीसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको थियो । भरतपुरबाट स्वाबको थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहे पनि एक छोरामा नेगेटिभ देखिएपछि उनलाई तत्कालै डिस्चार्ज गरिएको थियो । शरीरबाट भाइरसमुक्त भए पनि केही समयसम्म एन्टिबडी रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तीमा एक साता क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

बेलायतबाट हङकङ हुँदै नेपाल आएका आमाछोरा दुई दिन काठमाडौं बसेर घर आएका थिए । परिवारका सदस्य, उनीहरूसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाइनमा राखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । वीरगन्जस्थित राजधानी सहकर्मी तुलसी भण्डारीका अनुसार वीरगन्जमा फेला परेका कोरोना संक्रमित तीन भारतीय मुस्लिम जमाती र रौतहटका एक युवक निको भइसकेका छन् । उनीहरूको तीनपटकको स्वास्थ्य परीक्षण पनि नेगेटिभ आइसकेको छ । चारैजना कोरोना संक्रमितको रिपोर्ट तेस्रो पटकसम्म पनि नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । उनीहरूलाई आइतबार डिस्चार्ज गर्ने तयारी रहेको उनको भनाइ छ ।

गत ३० चैतमा पर्साको वीरगन्जमा तीन जना मुस्लिम जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू र १ वैशाखमा रौतहटमा फेला परेका संक्रमित एक युवकको वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो । उनीहरू चारै जनाको स्वास्थ्य सामान्य रहेको र नतिजा पनि नेगेटिभ आएकाले आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको कोभिड–१९ कमान्ड पोस्ट पर्साका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । रौतहटका युवकलाई त्यहाँ आइसोलेसन वार्डसहितको व्यवस्था नभएपछि २ वैशाखमा वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको थियो ।

चार जना डिस्चार्ज भएपछि अब वीरगन्जको नारायणी अस्पतालमा सर्लाहीबाट ल्याइएका १४ वर्षीय किशोर मात्र बाँकी रहने अस्पतालले जनाएको छ । वीरगन्जबाट हालसम्म स्वाब परीक्षण गर्न पठाइएका ४ सय १५ जनामध्ये १ सय ८० जनाको भने परीक्षण रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका मेसु डा। उपाध्यायले बताए । राजधानी दैनिक