४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाटभटेनीमा लागेको आगो सेनाको अगुवाइमा निभाउन सुरु



अ+ अ-

झापा। यहाँको बिर्तामोड–३ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो २४ घण्टा बित्दासमेत नियन्त्रणमा नआएपछि सेनाले निभाउन सुरु गरेको छ ।

सेनाको चारआलीस्थित अरिदमन गणको अगुवाइमा आगलागी निभाउने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

२४ गते मंगलबार अपराह्न ४ बजे भेला भएका केही व्यक्तिले भाटभटेनी सुपरमार्केट तोडफोड गर्दै आगजनी गरेका थिए । जसका कारण हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाली सेनाले भाटभटेनीमा लागेको आगो निभाउन सुरु गरेको हो । पाँचतले भवनको पहिलो तलाबाट नेपाली सेनाले आगलागी निभाउने प्रयास सुरु गरेको छ ।

आगलागी हुँदा भएको क्षतिबारे अहिले भन्न नसकिने प्रजिअ अधिकारीको भनाइ छ । आगलागी निभाउने काम सुरु गरेसँगै नेपाली सेनाले पूर्वपश्चिम राजमार्गको भगवान् चोकपूर्वदेखि विर्तामोड बजार क्षेत्रसम्म आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । रासस