१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

कोरोना संक्रमित क्षेत्रमा जब मुख्यमन्त्री राई पुगे…

कोरोना संक्रमित क्षेत्रमा जब मुख्यमन्त्री राई पुगे…
अ अ+ अ-

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले आफ्ना दुई जना क्वाबिनेट मन्त्री लिएर पहिलो पटक संक्रमित क्षेत्रको अबलोकन गरेका हुन् । अबलोकनका लागि हेलिकप्टर लिएर मुख्यमन्त्री राई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक बिकास मन्त्री जीवन घिमिरे र पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति अनन्त कार्कीलाई लिएर संक्रमित क्षेत्र त्रियुगा नगरपालिका– ३ भुल्के आइपुगेको थियो । मुख्यमन्त्री राईले जिल्लाका सरोकारवाला निकायले कोरोना भाइरस नियन्त्रणका लागि गरेका प्रयास, समस्या, चुनौती, तयारी, स्थानीयका समस्या लगायतका बिषयमा दुई घण्टा समय दिएर सुने ।

जिल्लाका समस्याका बारेमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी र प्रमुख जिल्ला अधिकारीले राखेका थिए । मुख्यमन्त्री राईले विश्वास, सहकार्य, समन्वय गरी काम गर्न सके कोरोना जित्न सकिने दाबी गरे । उनले भने प्रदेश १ मात्र होइन नेपालकै कोरोनाको केन्द्र बन्यो उदयपुरको भुल्के । त्यसैले यहाँ कुनै स्वास्थ्य सामाग्रीको अभाब हुन नदिने बताए । मुख्यामन्त्री राईले हामी आत्तिनु पदैन, हामीले सम्र्पूण तयारी पुरा गरेका छौं, साबधानी अपनाउन सके कोरोनालाई पराजित गर्न सकिन्छ । संघीयताले कोरोना नियन्त्रण गर्न सहज भएको भन्दै महामारीको बेला औषधी उपचार र भोकमारीबाट कोही पनि जनता मर्नु पर्ने समस्या नआउने बताए ।

उनले भने, ‘तपाईहरुको दुःख सुखको सारथी स्थानीय सरकार छ, त्यहाँबाट नभए प्रदेश सरकार छ, त्यसैले कोही पनि भोकले मर्नु पर्ने अवस्था सृजना हुने छैन् । सबै नागरिकको खान पाउने र स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य भएकाले, निश्चिन्त भएर बस्न उदयपुरबासीलाई अपिल गरे । मुख्यमन्त्री राईले कोरोना भाइरस विरुद्ध लडनका लागि प्रदेश सरकारले आफ्ना सबै संम्यन्त्र र शक्ति प्रयोग गर्ने बताए । उनले प्रदेस सरकारले उदयपुर जिल्लालाई कोरोना भाइरस विशेष क्षेत्र घोषणा गरी रोकथाम, उपचार र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्ने तयारी गरेको जानकारी दिए । राजधानी दैनिकमा खबर छ