२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित क्षेत्रमा जब मुख्यमन्त्री राई पुगे…



अ+ अ-

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले आफ्ना दुई जना क्वाबिनेट मन्त्री लिएर पहिलो पटक संक्रमित क्षेत्रको अबलोकन गरेका हुन् । अबलोकनका लागि हेलिकप्टर लिएर मुख्यमन्त्री राई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक बिकास मन्त्री जीवन घिमिरे र पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति अनन्त कार्कीलाई लिएर संक्रमित क्षेत्र त्रियुगा नगरपालिका– ३ भुल्के आइपुगेको थियो । मुख्यमन्त्री राईले जिल्लाका सरोकारवाला निकायले कोरोना भाइरस नियन्त्रणका लागि गरेका प्रयास, समस्या, चुनौती, तयारी, स्थानीयका समस्या लगायतका बिषयमा दुई घण्टा समय दिएर सुने ।

जिल्लाका समस्याका बारेमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी र प्रमुख जिल्ला अधिकारीले राखेका थिए । मुख्यमन्त्री राईले विश्वास, सहकार्य, समन्वय गरी काम गर्न सके कोरोना जित्न सकिने दाबी गरे । उनले भने प्रदेश १ मात्र होइन नेपालकै कोरोनाको केन्द्र बन्यो उदयपुरको भुल्के । त्यसैले यहाँ कुनै स्वास्थ्य सामाग्रीको अभाब हुन नदिने बताए । मुख्यामन्त्री राईले हामी आत्तिनु पदैन, हामीले सम्र्पूण तयारी पुरा गरेका छौं, साबधानी अपनाउन सके कोरोनालाई पराजित गर्न सकिन्छ । संघीयताले कोरोना नियन्त्रण गर्न सहज भएको भन्दै महामारीको बेला औषधी उपचार र भोकमारीबाट कोही पनि जनता मर्नु पर्ने समस्या नआउने बताए ।

उनले भने, ‘तपाईहरुको दुःख सुखको सारथी स्थानीय सरकार छ, त्यहाँबाट नभए प्रदेश सरकार छ, त्यसैले कोही पनि भोकले मर्नु पर्ने अवस्था सृजना हुने छैन् । सबै नागरिकको खान पाउने र स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य भएकाले, निश्चिन्त भएर बस्न उदयपुरबासीलाई अपिल गरे । मुख्यमन्त्री राईले कोरोना भाइरस विरुद्ध लडनका लागि प्रदेश सरकारले आफ्ना सबै संम्यन्त्र र शक्ति प्रयोग गर्ने बताए । उनले प्रदेस सरकारले उदयपुर जिल्लालाई कोरोना भाइरस विशेष क्षेत्र घोषणा गरी रोकथाम, उपचार र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्ने तयारी गरेको जानकारी दिए । राजधानी दैनिकमा खबर छ