४ असार २०८३, बिहीबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा कर्फ्यू : घर बाहिर ननिस्कन प्रशासनको आग्रह



अ+ अ-

झापा। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज अपराह्न ३ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मका लागि झापा जिल्लाभर कर्फ्यू आदेश जारी गर्नुभएको छ ।

‘जेन–जी’ आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गरेको कारण त्यसलाई कडाइका साथ रोक्न कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।

कर्फ्यू अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन र निस्कनै परे सुरक्षाकर्मीसँग अनुमति लिन प्रशासनले आग्रह गरेको छ । कर्फ्यू अवधिमा हिँडडुल गर्न, भेला हुन, सभा जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जनाइएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि अराजक समूहले झापाका अधिकांश स्थानीय तहका भवन, विर्तामोड र काँकडभिट्टाका भाटभटेनी सुपरमार्केट, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेको छ ।