३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा कर्फ्यू : घर बाहिर ननिस्कन प्रशासनको आग्रह



अ+ अ-

झापा। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज अपराह्न ३ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मका लागि झापा जिल्लाभर कर्फ्यू आदेश जारी गर्नुभएको छ ।

‘जेन–जी’ आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गरेको कारण त्यसलाई कडाइका साथ रोक्न कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।

कर्फ्यू अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन र निस्कनै परे सुरक्षाकर्मीसँग अनुमति लिन प्रशासनले आग्रह गरेको छ । कर्फ्यू अवधिमा हिँडडुल गर्न, भेला हुन, सभा जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जनाइएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि अराजक समूहले झापाका अधिकांश स्थानीय तहका भवन, विर्तामोड र काँकडभिट्टाका भाटभटेनी सुपरमार्केट, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेको छ ।