२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने



अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।

अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास गरिरहेका नागरिकलाई राहत र उद्धारमा सघाउन पनि आग्रह गरिएको गउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।