१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

कोरोना संक्रमणले रुप फेर्दैछः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमणले रुप फेर्दैछः        डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
अ अ+ अ-

चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए । उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने । त्यो बेला स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने, १ फिटको दुरी कायम गर्नुपर्ने, N 95 खालका मास्क मात्र उपयोगी हुने जनाइएको थियो । एकपटक कोरोना संक्रमण निको भएपछि अर्कोपटक यो रोग नलाग्ने धारणा ल्याइएको थियो । त्यस्तै २–१० दिन संक्रमण काल हुने जनाइएको थियो । जब यो संक्रमण बुहानबाट युरोप र अमेरिका पुग्यो, यसका केहि मान्यता परिवर्तन भए । कोरोना संक्रमण लागेका व्यक्तिलाई माथिका लक्षण बाहेक पखाला लाग्ने, बान्ता आउने, टाउको दुख्ने, असाध्यै थकाइ लाग्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिए ।

इटाली, स्पेन, फ्रान्स, अमेरिकाको न्युयोर्क लगायतका सहरमा कोरोना संक्रमण ब्यापक भएपछि सबै व्यक्तिले मास्क लगाउनु पर्ने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्नुपर्ने, संक्रमण काल २–१४ दिन हुनसक्ने तथा मलेरिया, जापानी इन्फ्लुएन्जा, एचाइभी एड्स, इबोला रोगमा प्रयोग हुने औषधि प्रभावकारी भएको बताइयो । यो बेलासम्म WHO ले ती औषधि प्रयोग नगर्न बारम्बार भनिरहेको थियो । अति संक्रमित देशले यी औषधि र एन्टिबायोटिक चलाएर धेरै बिरामीलाई निको बनाएपछि
WHO ले यी ४ वटा रोगका औषधि चलाउन सकिने भनेर आफ्नो धारणा परिवर्तन गर्यो ।

कोरोना संक्रमण अरब, दक्षिण एसिया, तथा अफ्रिकामा बढ्दै गएपछि सुरुमा बायु तथा पानी प्रदुषण भएका देशमा रोगसँग लड्ने क्षमता एकदम न्यून हुने बताइएकोमा त्यस्ता देशहरुमा कोरोना संक्रमण न्यून देखिएपछि यो धारणा सहि नभएको देखियो । त्यस्तै अति संक्रमित युरोप र अमेरिकामा यो पुष्टि भयो कि अस्पतालभित्र १३ फिटसम्म कोरोना भाइरस जान सक्छ । यहि बेला बुहानका अस्पतालको भित्तामा तथा स्वास्थ्यकर्मीको चप्पल, जुत्तामा भाइरस रहेको पाइयो । भारत लगायतका देशमा कोरोना संक्रमणको उपचारमा माथि उल्लेखित औषधिभन्दा प्लाज्मा थेरापी प्रभावकारी भएको पाइयो । त्यस्तै सुरुमा ब्यापक प्रयोग गरिएको RDT  किट रोग पत्ता लगाउन उपयोगी नभएको भनेर धेरै देशले र्यापिड टेस्ट बन्द गरेका छन् ।

हाल आएर कोरोना संक्रमण Asymptomatic अर्थात लक्षणबिहिन रुपमा देखा परेको छ । लक्षणबिहिन कोरोना संक्रमण एकदम घातक भएको WHO ले जनाएको छ । लक्षण भएमा व्यक्ति उपचार खोज्दछ तर लक्षण नदेखिने किसिमको कोभिडको कारण लकडाउन नभएका देशमा ठूलो जोखिम भएको ध्ज्इ ले जनाएको छ । भारतमा पनि ८५ % संक्रमित लक्षणबिहिन भएको जनाइएको छ । न्युयोर्क तथा मकाउमा केहि अपवाद केस देखा परे जहाँ ७–८ जना बयस्क संक्रमण हुनेबित्तिकै मृत्युबरण गरे । उनीहरुको अटोप्सी जांच गर्दा मस्तिष्कमा रगत जमेको, पिशाबनलीमा राखिएको क्याथेटरमा रगतका ढिका देखिएको तथा फोक्सोमा रगत जमेका चोक्टा थिए । कोरोना संक्रमण भएपछि रगत बाक्लो भएर यस्तो अवस्था आएको भनेर त्यस प्रकारमा केसमा अहिले रगत पातलो गराउने औषधि प्रयोग गर्न थालिएको छ ।

चीनको वुहानमा ५–१० % संक्रमितलाई पुनः पोजिटिभ देखिएको छ । एकपटक संक्रमण भएको व्यक्तिलाई अर्को पटक संक्रमण भएपनि खतरा हुँदैन । WHO ले संक्रमित भएको व्यक्तिलाई पुनः संक्रमण हुनसक्ने भन्दै अर्को बर्ष झन् भयानक हुनसक्ने भनेर दिएको चेतावनी बिज्ञहरुले अस्वीकार गरेका छन् । अमेरिका, युरोप, चीन, कोरिया, इजरायल, बेलायत लगायतका देशमा यो रोग बिरुद्धको खोप अन्त्तिम चरणमा पुगेको बताइएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले ५००० मान्छेमा खोपको परिक्षण गरिसकेको छ । त्यस्तै चीनले पनि मानबमा परिक्षण गरेर नतिजा पर्खेको छ । आगामी ६ महिनादेखि डेढ बर्षसम्म खोप आउने भनेर अनुमान गरिएको छ । युरोप तथा अमेरिकाले २ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने बताएका छन् ।

नोबेल कोरोना भाइरस नयाँ भाइरस भएको तथा यसको हालसम्म पूर्ण जानकारी नभएकोले यी सबै अनुमान मात्र हुनसक्छन् । नेपालमा कोरोना संक्रमणको अवस्था झन् फरक छ । सामान्य लक्षण देखिएको कोरोना संक्रमण २ हप्तामा निको हुने तथा गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका व्यक्तिलाई निको हुन १ महिनासम्म लाग्ने बताइएको थियो । तर नेपालमा एक डेढ महिना पहिले बाहिरबाट आएका व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । २र३ जना संक्रमितलाई छोडेर हेर्ने हो भने बाँकी सबैमा लक्षण देखिएको छैन । ६५ बर्षका २ जना र ८१ बर्षको १ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । एकजना संक्रमित पनि आइसीयुमा बस्नु परेन । भेन्टिलेटरमा रहनु परेन ।

अझ अर्को आश्चर्य के देखियो भने उहाँहरुबाट एकाध केस बाहेक अरु कसैलाई (परिवारलाई समेत) पनि कोरोना संक्रमण सरेको छैन । यसको सम्पूर्ण श्रेय लकडाउन र क्वारेन्टाइनलाई जान्छ । कोरोना संक्रमण बिरुद्ध लड्नको लागि धेरै देशमा बिभिन्न हर्ब्स प्रभावकारी देखिएका छन् । भिटामिन सि, भिटामिन डी तथा जिंक सप्लिमेन्ट इम्युनिटी पावर बढाउन बरदान भएका छन् । ताजा तथा पोषिलो खाना, पर्याप्त निद्रा, ब्यायाम, योग, ध्यान, मनोरंजन आदिले रोगप्रतिरोधात्मक क्षमता बढाएको छ । खानामा प्रयोग हुने मरमसला तथा जडिबुटी इम्युनिटी पावर बढाउन सामर्थ्यबान बनेको दृष्टान्त पाइएको छ ।

नियमित साबुनपानीले हात धुने, सकभर घरभित्र बस्ने, बाहिरबाट ल्याएका तरकारी, फलफुल आदिलाई संक्रमणरहित बनाउने तथा अन्य बिबिध स्वस्थ जीवनशैलीको कारण कोरोना संक्रमण पराजित हुँदै गएको छ । उच्च आत्मबलले यो रोगलाई सजिलोसंग जितेको अनुभव संक्रमितहरुले बताइरहेका छन् । संक्रमणको २ महिनासम्म संक्रमितमध्ये करिब २० % संक्रमित गम्भीर अवस्थामा पुगेका थिए भने अहिले रोकथामका उपाय र उपचारको कारण ३ ५ मात्र गम्भीर अवस्थामा पुगेका छन् । यो सुखद पक्ष हो । डा. रवीन्द्र पाण्डेको फेसबुकबाट