२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो



अ+ अ-

वीरगन्ज । नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो । ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुष वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अनलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ।

अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलार्य शंका’स्पद ठानी सिदार्थ मावि’को क्वारेन्टाइनमा राखिएको थियो । संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगर वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस
संक्रमणको पुष्टि भएको हो ।