१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

चिनियाँ पर्यटक नेपालमा अलपत्र, देश जाने व्यवस्था मिलाइदिन आग्रह

चिनियाँ पर्यटक नेपालमा अलपत्र, देश जाने व्यवस्था मिलाइदिन आग्रह
अ अ+ अ-

काठमाडौं । चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

चिनिया पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटन बोर्ड पुगेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन जानका लागि कुनैपनि उडान नभएको र आफुहरुलाई नेपाल छाडन कुनैपनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् । उनीहरुले कोभिड–१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनैपनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्न नेपाल पर्यटन वोर्डको कार्यालय पुगेका हुन् ।

यस्तै चिनियाँ दुतावासले पनि घर फिर्ताका लागि कुनैपनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दे असन्तुष्टि जनाएका छन् ।
उनिहरुले नेपालका विभिन्न ठाउँमा ४ सय भन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताएका छन् । त्यसमध्ये केही गर्भवती महिलाहरु समेत रहेको उनिहरुले बताए ।

यस्तै केही विद्यार्थीहरु रहेको र उनिहरुको कलेज छुटेको समेत उनिहरुले बताए । उनिहरुले दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए चिनियाँ नागरिकलाई लैजान तयार रहेको बताउँदै ती उडानहरु सञ्चालन हुने व्यवस्था मिलाईदिन आग्रह समेत गरेका छन् । उनिहरुले नेपालमा छैटौं हप्ता पनि लकडाउन हुने सम्भावना रहेकाले आफुहरु अझबढी समस्यामा पर्न लागेको बताएका छन् ।