१३ असार २०८३, शनिबार
,
Latest
निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग



अ+ अ-

काठमाडौं । कोरोना उपचार तथा नियन्त्रण कोषमा शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ । आइतबार कोषका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्यालयका सचिवलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मुलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’

फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।