१३ असार २०८३, शनिबार
,
Latest
संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्रीहरु सहयोग



अ+ अ-

काठमाडौं । ‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

क्लबले आइतबार मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगी मनहरुको साथ र सहयोगका कारण नेपालले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा सफलता पाउँदै गएको बताउनुभयो । उहाँले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था लगायत सबै पक्षको साझा अभियानका कारण नेपाल कोभिड–१९ विरुद्धको लडाईमा सफल हुँदै गएको बताउनुभयो । अप्ठेरो परेको बेला राज्यसँग सँगै छौं भन्ने अभियानको कारणले गर्दा नै विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई उच्च जोखिम भएको मुलुकबाट हटाएको बताउनुभयो । उहाँले सबैको सहयोग मिलेको कारण अहिले उपचार र स्वास्थ्य सामग्रीहरुको विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

लायन्स क्लबले मन्त्रालयलाई २ हजार सेट पीपीइ, ५ हजार थान एन९५ मास्क, सर्जिकल ग्लोभ्स ५ हजार थान र एक्जामिनेसन ग्लोभ्स २० हजार थान उपलब्ध गराएको छ । यसबाहेक पनि क्लबले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको, विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावस्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।