२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ३४ दिन जारि, संक्रमितको संख्या ५१ पुग्यो



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ । तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् ।

आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावस्यक ढुवानीका साधनहरु एवं अत्यावस्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नबाहेक मानिसहरु बाहिर निस्केका छैनन् । सहरका मुख्य सडकहरु सुनसान छन भने चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् ।

सरकारले वैशाख १५ गते अर्थात भोली सोमबार सम्मका लागि लकडाउनको अवधि तोकेको छ । तर शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय अझै बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । जसले गर्दा अझै केही दिन लकडाउनको समय बढ्ने सम्भावना छ । यससम्बन्धी निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५१ पुगेको छ । यस्तै १२ जना निको भइसकेका छन् । अहिले सम्म ९ हजार ६ सय १७ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । यस्तै १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।