१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

लकडाउनको ३४ दिन जारि, संक्रमितको संख्या ५१ पुग्यो

लकडाउनको ३४ दिन जारि, संक्रमितको संख्या ५१ पुग्यो
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ । तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् ।

आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावस्यक ढुवानीका साधनहरु एवं अत्यावस्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नबाहेक मानिसहरु बाहिर निस्केका छैनन् । सहरका मुख्य सडकहरु सुनसान छन भने चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् ।

सरकारले वैशाख १५ गते अर्थात भोली सोमबार सम्मका लागि लकडाउनको अवधि तोकेको छ । तर शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय अझै बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । जसले गर्दा अझै केही दिन लकडाउनको समय बढ्ने सम्भावना छ । यससम्बन्धी निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५१ पुगेको छ । यस्तै १२ जना निको भइसकेका छन् । अहिले सम्म ९ हजार ६ सय १७ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । यस्तै १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।