२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ- प्रधानमन्त्रीका सल्लाहकार थापा



अ+ अ-

काठमाडौं । सामाजिक संञ्जालमा निकै आक्रामक रुपमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको बताएका छन् ।

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेकोउल्लेख गरेका छन् । सल्लाहकार थापाले लेखेका छन् – ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताईदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ । जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम ।’