४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान



अ+ अ-

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ ।

उहाँले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

प्रधान सेनापति सिग्देलले वर्तमान असहज परिस्थितिलाई सामन्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा एवं नागरिकको सम्पत्ति, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।

उहाँले नेपालको इतिहासदेखि नै मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना कतिबद्ध रहँदै आएको स्मरण गराउनुभएको छ ।

नेपालमा हाल भइरहेको आन्दोलनका क्रममा हुन पुगेको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति सहानुभूति प्रकट गर्नुभएको छ । रासस