४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू



अ+ अ-

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिनुभयो । ‘‘आज बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेका थियौँ । तर, यहाँको अवस्था सामान्यतर्फ उन्मुख नभएसँगै कर्फ्यूको समयावधि थप गरिएको हो ।’’

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्य गेट लगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो ।

प्रशासनले कर्फ्यू लगाए पनि यहाँका जेनजी समूहले भने विभिन्न सरकारी कार्यालय र राजनीतिक दल तथा नेताको घरमा आगजनीका घटना भने रोकिएका छैनन् ।

प्रदर्शनकारीले नेपाल टेलिकम वीरगञ्ज कार्यालय, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, वीरगञ्ज महानगरको कार्यालयमा आगजनी गरेका छन् । त्यसैगरी पर्सा जिल्ला प्रतिनिधिसभाका सांसद तथा राजनीतिक दलका नेताहरूको घरहरूमा पनि आगजनीका घटना भएका छन् । रासस