२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वेन्द्र र महेशविरुद्ध अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे नेताहरु



अ+ अ-

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा विरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता हुने भएको छ । यसका लागि जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।

जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसाग कुराकानी गरिरहेका छन् । परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएकोले उनीहरुले राठोरसँग छलफल गरिरहेका छन् । तर यो समाचार तयार पार्दासम्म पनि जाहेरी भने दर्ता भएको छैन ।