१३ असार २०८३, शनिबार
,
Latest
संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वेन्द्र र महेशविरुद्ध अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे नेताहरु



अ+ अ-

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा विरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता हुने भएको छ । यसका लागि जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।

जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसाग कुराकानी गरिरहेका छन् । परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएकोले उनीहरुले राठोरसँग छलफल गरिरहेका छन् । तर यो समाचार तयार पार्दासम्म पनि जाहेरी भने दर्ता भएको छैन ।