२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन चार जनाले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।