१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

५१ कोरोना संक्रमितमा १६ जना निको भएर घर फर्किए

५१ कोरोना संक्रमितमा १६ जना निको भएर घर फर्किए
अ अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुना मध्ये २ जनाको पोजेटिभ देखिएको छ । संक्रमित दुबै जना पर्साको वीरगञ्ज ५० वर्षिय पुरुषहरु हुन् । अहिले उनीहरुको उपचार भइरहेको छ ।

आइतबार ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल विरगञ्जमा उपचाररत रौतहटका १८ वर्षिय पुरुष एक जना १२ औं दिन र तीन जना भारतीय नागरिक ३ जना पुरुष १५ दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए ।

यो सँगै निको भएर घर फर्किनेहरुको संख्या १६ पुगेको छ । सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ । प्रदेशका ८ वटै जिल्लामा नमुना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएका छन् । संकलित नमुनाहरुको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरबाट पछिल्लो पटक ३ सय ३७ जनाको नमुना परीक्षणका लागि संकलन भइरहेको छ ।

आइतबारसम्म आइतबारसम्मको ५१ हजार ३ सय ६७ वटा नमुना परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडिटी विधिबाट ४१ जहार ४ सय ३६ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ९६ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ४ हजार ३ सय ८, प्रदेश नम्बर २ मा ५ हजार १ सय ४१ र बागमती प्रदेशमा ७ हजार ५ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ प्रदेश नम्बर ५ मा ३ हजार ३ सय २६, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ११ हजार १ सय ७२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण गरिएको छ । १७ हजार २५ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी १ सय १० जना अहिले आइसोलेसनम रहेका छन् ।