२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद – नेपाल निवासमा अलग्गै बैठक, के भयो छलफल ?



अ+ अ-


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक तत्काल बोलाउने सम्भाबना नदेखेपछि माधव नेपाल निकट स्थायी समितिका सदस्यहरु सामुहिक छलफलमा जुटेका छन् । माधव नेपालको निबास कोटेश्बरमा साझ सात बजेतीर बाट सुरु भएको छलफलमा स्थायी समितिको बैठक आह्वान भएमा कसरी प्रस्तुत हुने र बैठक नबोलाईएमा कसरी अघि बढ्ने भन्ने बारेको रणनीतिमा छलफल भैरहेको छलफलमा सहभागी एक नेताले बताए ।


प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दहालसंग निरन्तर सम्बाद गरेका नेपालले आफूनिकट सदस्यहरुसँग ब्यक्तिगत छलफलपछि आज साझ आफनो निबासमा बोलाएर सामुहिक छलफल गर्नुभएको हो । नेपाल निटकमा सदस्यहरुले पार्टी र सरकार दुबैमा बिकल्प खोज्ने उपयुक्त समय आएको भन्दै अभिब्यक्ति दिईरहेको अबस्थामा बरिष्ठ नेता नेपालले बोलाउनु भएको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीको दौडमा समेत रहेका भनिएका नेता नेपालले वर्तमान ओली सरकार असफल भएको र सरकारका अधिकांस निर्णयहरु चरम बिवादमा परेका भन्दै पटक पटक आफनो कार्यशैली सच्याउन आग्रह गर्दै आउनुभएको थियो ।