५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी पुस्ताको माग सुनुवाइ गरेर सहज वातावरण सिर्जना गर्न आग्रह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले हालै २८ वर्षमुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले घटनाबाट उत्पन्न चिन्ताजनक अवस्था सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

विभिन्न स्थानमा आज पनि विरोध प्रदर्शन जारी रहेको बेलामा असहज परिस्थितिपछि सबै प्रदर्शनकारीहरूलाई थप हानि हुनबाट बचाउन इप्पानले माग गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध माग सरकारबाट यथोचित सुनुवाइ हुनुपर्ने माग गर्नुभयो ।

“घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ,” उहाँले भन्नुभयो । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इप्पानले उनीहरुको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीलाई अपिल गरेको छ । शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अनावश्यक बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएको इप्पानको ठहर छ ।